IME Life New

७०% लाभांश पारित सहित एलआइसी नेपालको एजिएम भोली, यस्ता छन् अन्य एजेण्डाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एलआइसी नेपालको सत्रौ वार्षिक साधारण सभा श्रावण २४ गते भोली हुँदै छ । साधारण सभा नेपाल पुलिस क्लबको सभाहलमा बिहान ८ बजे हुने भएको छ । इन्स्योरेन्स कम्पनीले ७० प्रतिशत लाभांस पारित गर्ने सहित अन्य प्रस्ताव राखेर भोली श्रावण २४ गते साधारण सभा बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५र०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा साधारण सभामा रहेका छन् ।

Esewa
Crest

साथै सभामा कम्पनी नियमावलीको नियममा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विषयमा छलफल गरि पारित गर्ने एजेण्डा छ ।

बीमा समीतिले जीवन बीमा कम्पनीहरुलाई न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो। सोही अनुरुप हाल कम्पनीले प्रस्ताव गरेको बोनस पारित पश्चात बीमा समितिले तोके अनुसारको चुक्ता पूँजी भन्दा १ करोड बढी अर्थात २ अर्ब १ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS