IME Life New

६२० किमी रेन्ज दिने नेपालको एकमात्र प्रिमियम ईभी एसयूभी सार्वजनिक, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत ७ वर्षदेखि नेपालमा विभिन्न ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकका रुपमा चाइनाको विश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ईभी एसयूभी नेपालमा सार्वजनिक गरेको छ। ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेमिङ प्राप्त रियल ईभी एसयूभी आज एक भब्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरस्थित स्काईवेल शोरुमको उद्घाटन साथै ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ।

उक्त समारोहबीच नेपालस्थित चिनियाँ दूतवासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सीयू, स्काईवेल न्यु इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको उद्घाटन गरी गाडीको सार्वजनिक गरिएको थियो।
नाडाबाट औपचारिक बुकिङ एवं ब्रान्डको बिक्री सुरुआत गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवं नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दूरी एक सिंगल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउनेछ। गाडी सार्वजनिक गर्दै आमग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ बर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिनाभरि रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी गराए।

Esewa
Crest

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल्, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।

स्काईवेल ईटी५का प्रिमियम र विशेष विशेषता

  • ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
  • १५० किलोवाट मोटर क्यापासिटी
  • सीएनएसीपी– ५ स्टार सेफ्टी
  • ६२० किमी रेन्ज फर्स्ट टाइम इन नेपाल
  • अटो पार्किङ
  • मेट्रिक्स लेजर हेडलाइट
  • मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
  • फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ
  • लक्जरी २ लेभल फोल्डेबल रियर सिस्ट्स

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी५ भित्र्याएको हो। स्काइवेल ईटी५ ले एकपटकको फुलचार्जमा ६२० किलोमिटर रेन्ज दिन्छ। स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।

स्काइवेल ईटी५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यस्को टपस्पिड १६० प्रतिघन्टाभन्दा बढी रहेको छ। जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउन छ।

स्वाइवेल ईटी५मा प्यानारोमिक सनरुफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ। स्काईवेल ईटी५को नेपाली बजारमूल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनएको छ।

जी मोटर्सबारे

२०७४ मा स्थापना भएको जी मोटर्सले यसअघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रुपमा बिक्री गर्दै आएको छ। जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरुमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।
पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रुपमा ल्याएको हो। विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याएको हो।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आबद्ध छन्। लामो समयको सवारी बिक्री अनुभवमार्फत स्वाइवेल ब्रान्डसहित नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS