IME Life New

६० प्रतिशत हकप्रद शेयर प्रस्ताव गर्दा पनि किन घटिरहेको छ प्रुडेन्सियल इन्स्योरेन्सको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रुडेन्सियल इन्स्योरेन्सले बीमा समितिले निर्धारण गरेको  न्युनतम १ अर्ब चुक्ता पुँजी पुर्याउन ६० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। प्रस्तावित हकप्रद पश्चात कम्पनीको पुँजी १ अर्ब पुग्ने छ।
हकप्रदको समाचार आउने वित्तिकै लगानीकर्ताहरु निकै आकर्षित हुने नेपाली दोश्रो बजारको ट्रेन्ड भने केही परिवर्तन भएको  छ।

आज प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ४ दशमलव ६८ प्रतिशतले घट्दै ५९१ रुपैयाँमा  कारोवार बन्द भएको छ।  कम्पनीको बजार मूल्य ६१५ रुपैयाँमा खुलेको थियो। बजारको खुला विन्दु र उच्च विन्दु एकै रहेको छ । यसको मतलव आज बजार खुलेबाट नै बढ्न मानेको थिएन। आजको बजारको न्यून विन्दु र अन्तिम विन्दु एकै भएकाले आज कम्पनीको बजार मूल्य “इण्ट्राडे लो” मा बन्द भएको छ। “इण्ट्राडेलो”लाई अर्को कारोवार दिनको लागि त्यति सकारात्मक प्रवित्ति मानिदैन।

Esewa
Crest

बोनस प्रस्ताव नगरेर हकप्रदबाट पुँजी वृद्धि गर्दा लगानीकर्ताहरु हकप्रद शेयरको भारी बोक्न त्यति खुशी नभएको प्रस्ट देखिन्छ।   “बोनस शेयर प्रस्ताव हुने आसमा लगानीकर्ता थिए, हकप्रदको भारी बोक्दा लगानीकर्ताहरु दुखी भए ” इन्स्योरेन्स खबर संग कुरा गर्दै एक लगानीकर्ताले भने  ।

हकप्रद शेयर प्रस्ताव पछि पनि कम्पनीको बजार मूल्य आक्रामक रुपमा बढ्ने प्रवित्ति रहेकोमा धेरै लगानीकर्ताहरु हकप्रदको लोभमा फस्ने सम्भावना धेरै थियो, अहिले भने लगानीकर्ताले विस्तारै आफ्नो प्रवित्ति परिवर्तन गर्दै गएको प्रस्ट देखिन्छ।

जेस्ठ ३० गतेको फ्लोरसिटले के देखायो ?
आज ५८ नम्बर ब्रोकर बाट सर्वाधिक १५ लाख ३४ हजार बराबरको २ हजार ५ सय ६० कित्ता शेयर बिक्री भएको छ भने १६ नम्बर ब्रोकर बाट ७ लाख ८२ हजार बराबरको १३०० कित्ता शेयर खरिद भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS