IME Life New

४ मिनेटको एउटा भिडियो जसले बुझाउछ जीवन बीमाको महत्त्व !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमाको महत्त्वका बारेमा धेरै नै भिडियो बनेका होलान तर आज हामीले यस्तो एउटा भिडियो ल्याएर आएका छौ जुन भिडियो हेरेर तपाईको जीवन बीमा प्रति हेर्ने नजर नै निकै फरक पर्न सक्छ ।

Esewa
Crest

भिडियोमा भएको कथा यस्तो छ ?
एकजना जीवन बीमा अभिकर्ता आफ्नो नातेदारलाई भेट्न जान्छन् । नातेदार र जीवन बीमा अभिकर्ता बिचको संवाद यस्तो हुन्छ :
बीमा अभिकर्ता : मानौ !  तपाई घरबाट एक दिनको लागि बाहिर जानु पर्यो भने घर परिवारलाई कति पैसा छोडेर जानु हुन्छ ?
नातेदार : त्यही ४-५ हजार
बीमा अभिकर्ता : त्यसो भए एक महिना बाहिर बस्नु पर्यो भने कति पैसा छोडेर जानु हुन्छ ?
नातेदार :  करिव ५० हजार रुपैयाँ
अभिकर्ता : त्यस्तै  एक वर्ष बाहिर बस्नु पर्यो भने कति पैसा छोडेर जानु हुन्छ ?
नातेदार : करिव ५ लाख रुपैयाँ
बीमा अभिकर्ता: मानौ सधै भरिको लागि घर छोडेर जादै हुनुहुन्छ भने कति पैसा घरमा छोडेर जानु हुन्छ ?

त्यसपछि नातेदार अलिक भावुक हुँदै अभिकर्तालाईनै प्रश्न गर्छन ” मैले त यो कुरा अहिले सम्म पनि सोचेकै छैन, कति चाहिन्छ होला ? ”

अनि नातेदारको प्रश्नमा अभिकर्ताले  उत्तर दिन्छन् ” कमसेकम १० वर्षको लागि मात्र खर्च छोडेर जाने भए पनि ५० लाख ”

नातेदारले उनीसँग यति धेरै पैसा छैन भनी चिन्तित हुन्छन् । अनि ती अभिकर्ताले आफ्ना नातेदारलाई जीवन बीमा गर्न सल्लाहा दिन्छन्, उनी भन्छन् “अहिले बीमा गर्नुहोस र यति बिचमै केही भयो भने आफ्नो परिवारलाई बीमाको रकम प्राप्त हुन्छ र बीमा अवधिभर केही भएन भने त्यो रकमले आफ्नो अवकाश पाए पछिको समय रमाइलो गर्नुहोस !”

यसरी ४ मिनेटको भिडियो सकिन्छ। यो भिडियोले निकै धेरै संदेश दिएको छ। मृत्युपश्चात पनि आफ्ना परिवारलाई माया गर्न चाहनु हुन्छ भने जीवन बीमा गर्नुहोस् । आफ्नो अभावमा पनि परिवारलाई माया गरी रहने एक भरपद्रो माध्यम जीवन बीमा हो । आज तपाईले गरेको जीवन बीमाले तपाईको अभावमा पनि परिवारले तपाई भएको महशुस गर्न सक्छन् ।

पुरा भिडियो यहाँबाट हेर्न सकिन्छ :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS