IME Life New

३६० डिग्री क्यामेरा, स्पोर्टी लुक र उत्कृष्ट फिचरका साथ टाटाले ल्यायो नयाँ कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्सले आफ्नो नयाँ कार अल्ट्रोज रेसर भारतीय बजारमा ल्याएको छ। यो कार मूलतः कम्पनीको प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको नयाँ स्पोर्टी मोडल हो। आकर्षक लुक्स र शक्तिशाली इन्जिनले सुसज्जित यस ह्याचब्याक कारको प्रारम्भिक मूल्य भारु ९.४९ लाख (एक्स–शोरुम) तोकिएको छ।

पहिलोपटक अल्ट्रोज रेसरलाई कम्पनीले सन् २०२३ अटो एक्सपोमा विश्वसामु प्रस्तुत गरेको थियो। त्यसपछि केही महिनाअघि इन्डिया मोबिलिटी एक्सपोमा पनि देखाइएको थियो। नयाँ ग्राफिक्सका साथसाथै यस कारमा धेरै उन्नत सुविधाहरु समावेश गरिएको छ। जसले यसलाई नियमित मोडलको तुलनामा अझ स्पोर्टी र उत्कृष्ट बनाउँछ।

Esewa
Crest

कम्पनीले अल्ट्रोज रेसरलाई थप स्पोर्टी बनाएको छ। यसमा बोनेटदेखि कारको छतसम्म रेसिङ स्ट्रिपहरु देख्न सकिन्छ। यसबाहेक फ्रन्ट फेन्डरमा ’रेसर’ ब्याजिङ दिइएको छ। ग्रिलमा थोरै परिवर्तनहरु पनि देखिएका छन्। कम्पनीले यो कारमा १६ इन्चको अलोय ह्विल दिएको छ। तर, यसमा कुनै परिवर्तन देखिएको छैन। क्याबिनमा पनि सुन्तला रङको एक्सेन्टको व्यापक प्रयोग गरिएको छ। जसले यसको भित्री भागलाई स्पोर्टी बनाउँछ।

टाटा मोटर्सले आफ्नो नयाँ कारमा १.२ लिटर क्षमताको ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन प्रयोग गरेको छ। जसले १२०पीएसको पावर र १७०एनएमको टर्क जेनेरेट गर्छ। यो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ। नियमित आईटुर्बो इन्जिनमा ५ स्पिड म्यानुअल ट्रान्समिसनको विकल्प रहेकोले यो राम्रो थपिएको छ। यो कारले मुख्यतया बजारमा हुन्डाई आई १० एन लाइनसँग प्रतिस्पर्धा गर्नेछ।

अल्ट्रोज रेसरमा कम्पनीले ३६० डिग्री क्यामेरा सिस्टम, २६.०५ सेमी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भेन्टिलेटेड फ्रन्ट सिट (सेगमेन्टमा पहिलोपटक), इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ७.०– इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सनरुफ र ६ वटा एयरब्यागजस्ता सुविधा समावेश गरिएको छ।

यो कार आर१, आर२ र आर३ गरी जम्मा तीनवटा भेरियन्टमा आउँछ। यसबाहेक यो कार तीन रङमा ल्याइएको छ। जसमा प्योर ग्रे, एटमिक ओरेन्ज र एभिन्यू ह्वाइट समावेश छ।

टाटा अल्ट्रोज रेसरको लन्चका अवसरमा टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रमुख वाणिज्य अधिकृत विवेक श्रीवात्साले भने, ‘अल्ट्रोज लाइन अपलाई सुदृढ गर्दै हामी अल्ट्रोज रेसर लन्च गर्न निकै उत्साहित छौं।’

दैनिक ड्राइभिङका लागि डिजाइन गरिएको यो कार साहसिक कार्यका लागि डिजाइन गरिएको छ र धेरै उन्नत सुविधाहरुसँग सुसज्जित छ। एक्स शोरुम मूल्य आर१ को भारु ९.४९ लाख, आर२ को भारु १०.४९ लाख र आर३ को भारु १०.९९ लाख तोकिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS