IME Life New

२२.६३% लाभांश पारित गर्न एनएमबि लघुवित्तले बोलायो एजिएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्तले पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा पोखराको पार्दी स्थित होटेल पोखरा ग्राण्डमा गर्ने जनाएको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव १३ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ता पारित गर्नेछ ।

Esewa
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पेश गर्नुहुने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित हुनेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आथिृक वर्ष २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, बोनश शेयर जारी भए पश्चात वित्तीय संस्थाको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी बृद्धि लगायतका बिषयहरु समावेश गरि संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभामा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने /गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित हुनेछन् ।

संस्थाले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS