IME Life New

२० हजार लिटर इन्धनसहितको ट्याङ्कर लाहानबाट अपहृत, चालकसहित दुई जनाको अवस्था अज्ञात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमको इन्धन ढुवानीमा प्रयोग भएको एक ट्याङ्कर चालक र सह–चालकसहित मंगलबार विहान १ बजे लाहानबाट अपहरणमा परेको छ । नेपाल आयल निगमका अनुसार निगमको अमलेखगन्ज डिपोबाट विराटनगरका लागि २० किलो लिटर इन्धन लिएर गइरहेको ट्यांकर अपहरणमा परेको हो । यद्यपि सिराहा प्रहरीले भने अपहरणमा परेको सम्बन्धमा कुनै जवाफ दिन चाहेको छैन ।सोमबार साँझ बाराको अमलेखगन्जबाट विराटनगर शाखाको लागि २० किलोलिटर अर्थात २० हजार लिटर डिजल लिएर त्यसतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लाहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । निगमका अनुसार इन्धन ट्याङ्कर तथा त्यसमा लोड गरिएको इन्धनको बीमा गरिएको पुष्टि गरेका छन् । २० हजार लिटर इन्धनको मूल्य झण्डै २० लाख रुपैयाँ पर्छ । इन्धन र ट्याङ्करसहितको बीमा दावी ५० लाख भन्दा माथि पर्ने प्रारम्भिक अनुमान छ । कार्यकारी निर्देशक पौडेले दिन दहाडै राजमार्गबाट ट्याङ्कर अपहरणमा पर्नु आगामी दिनमा इन्धन ढुवानीमा जोखिम बढेको बताए ।

अपहरण कसले गरेको हो भन्ने खुल्न सकेको छैन । निगमले जिल्ला प्रहरी कार्यालय सिराहालाई जानकारी गराइसकिएको जनाएको छ । सिराहा प्रहरीले अपहृत ट्याङकर तथा चालकको खोजीको लागि प्रहरी परिचालन गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहा, लाहान प्रहरी कार्यालय र जिल्लाका प्रहरी प्रबक्ताले समेत अपहरणमा परेको भनिएको ट्याङ्करको अवस्थाको बारेमा केही बताउन चाहेनन् । प्रहरी चौकी लाहानका डिएसपी भेषराज रिजालले ट्याङ्कर अपहरणमा परेको सम्बन्धमा खवर आएपनि फेला नपरेको बताए ।

Esewa
Crest

उता, जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिलराज बोहराले पनि २० हजार लिटर इन्धनसहितको ट्याङ्कर, चालक र सह–चालक अपहरणमा परेको सम्बन्धमा जानकारी आएको र अपहृत भएको हो वा के भएको हो भन्ने प्रहरीले अनुसन्धान सुरु गरिसकेको इन्स्योरेन्स खवरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS