IME Life New

२०७६ पुस मसान्तसम्म किस्ता तिर्नेलाई कालोसूचिमा राख्न नपाइने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाईले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भएको छ ? अब सरकारले ऋणीहरुको बर्गीकरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा कोरोनाको महामारीमा परेका सबै ऋणीहरुको बर्गीकरण गर्ने जनाएको छ ।

मौद्रिक नीतिमा ऋणको साँवा ब्याज तिरेको आधारमा बर्गीकरण गर्ने भएको हो । जस अनुसार २०७६ पुस मसान्तमा नियमित र असल वर्गमा रहेका कर्जालाई कोभिड–१९ को प्रभावको कारणले कमसल हुन नपरोस् भन्ने अभिप्रायले कर्जा वर्गीकरण सम्बन्धमा विशेष व्यवस्था मिलाइने उल्लेख गरिएको छ । उक्त व्यवस्था अनुसार गत माघदेखि कर्जाको साँवा ब्याज नतिरे पनि सो भन्दा अगाडि तिरेको किस्ता नियमित भई कालो सूचिमा पर्ने अवस्था नरहेमा २०७७ साल असार मसान्तसम्म नै असल ऋणीको सूचिमा राखिनेछ । २०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाको लागि आर्थिक वर्ष २०७६÷७७ को हिसावमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

Esewa
Crest

नयाँ व्यवस्थासँगै गत पुस मसान्तसम्म नियमित रुपमा कर्जाको किस्ता भुक्तानी नगर्ने ऋणीको हकमा भने बैंकले असल ऋणीको बर्गमा राख्न बाध्य नहुने भएका छन् ।

त्यस्तै राष्ट्र बैंकले कोरोनाको कारण बैंकको ऋण समयमा तिर्न नसकेका ऋणीहरुसँग थप शुल्क, जविवना लिन नपाइने व्यवस्था गरिएको छ । यसले ऋणीहरुलाई राहत मिल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS