IME Life New

१९ निर्जिवन बीमा कम्पनीद्वारा चार महिनामा झण्डै १० अर्ब कूल बीमा शुल्क आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १९ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चार महिना (कात्तिक मसान्तसम्म) मा झण्डै १० अर्ब अर्थात नौ अर्ब ८८ रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

२० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क बीमा समितिमा बुझाउन ढिलाई गरेका कारण सो कम्पनीको तथ्याङ्क भने विवरणमा समावेश गरिएको छैन ।

Esewa
Crest

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये कात्तिक मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा १ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी ९३ करोडसहित कूल बीमा शुल्कको आधारमा दोस्रो स्थानमा छ । कम्पनीले चार महिनाको अवधिसम्ममा ९३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवको चार महिनाको विवरण अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ८१ करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले ७३ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५७ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ४९ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स ४६ करोड रुपैयाँ र पु््रडेन्सियल इन्स्योरेन्सले ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार अजोड इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४१ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ३९ करोड रुपैयाँ, युनाईटेड इन्स्योरन्सले ३७ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ३३ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ३२ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३१ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले २४ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS