IME Life New

ह्वात्त उचालिएको बीमा कम्पनीको शेयर मुल्य किन घट्दैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साताको पहिलो दिनदेखि नै बढेको बीमा कम्पनीको शेयर मुल्य यो साताको सुरुदेखि नै घट्ने क्रममा छ । कुनै पनि कारणबिना ह्वात्तै बढेको शेयर मुल्य आइतबारदेखि कुनै पनि कारण बीना नै लगातार घटिरहेको छ । एकाथरी मानिसहरुले बीमाकम्पनीको शेयर मुल्य बढेपछि अब बैंक तथा वित्तीय संस्थाको पनि बढ्छ भन्दै चर्चा परिचर्चा गरिरहेका थिए भने एकाथरी भने भटाभट शेयर बिक्री गर्दै मंसिर अन्तिम दिन बैंकको ब्याज तिर्न शेयर बिक्री गर्नमै मस्त थिए ।

बीमा कम्पनीहरुको लाभांश घोषणा गर्ने समय आएको एउटा कारणले गर्दा लगानीकर्ता बीमा कम्पनीहरुको शेयरतर्फ आकर्षण हुनु सामान्य नै थियो । तर, पहिलो साता नाटकीय रुपमा मूल्य बढ्ने र दोस्रो साता नाटकीय रुपमा मूल्य घट्ने कुराले सोझा लगानीकर्ताहरु भने मारमा परेका छन् ।

Esewa
Crest

गत साताको आइतबारदेखि बीमा कम्पनीको शेयर मुल्य बृद्धि भएपछि आशावादी बनेका लगानीकर्ताहरुले भटाभट बीमा कम्पनीहरुको शेयर खरिद गर्न थालेका थिए । सोझा लगानीकर्ताले दोस्रो बजारमा बीमा कम्पनीहरुको शेयर खरिद गरिरहँदा टाठा बाठा लगानीकर्ताहरु भने भटाभट बिक्री गर्दै थिए ।

एक सातासम्म बढेको शेयर बजार दोस्रो साता नै घटन् थालेको यस्ता घटनालाई शेयर बजारमा सामान्य रुपमा लिइन्छ । शेयर बजारका खेलाडीहरुले निश्चित उद्देश्यका लागि खेल्ने यस्तो खेल लामो समयसम्म चाल्दैनन् र तीन दिन वा एक सातासम्ममा गेम फिनिश गर्ने शैलीको खेलको शिकार बीमा क्षेत्र परेको छ ।

यस पटक शेयर बजारका खेलाडीहरुले बीमा क्षेत्रको बारेमा सुक्ष्म अध्ययन गरेरै डिजाइन गरेको खेलमा सोझा व्यवसायीहरु परेको दोस्रो बजार विश्लेषकहरुको ठम्याई छ । बीमा कम्पनीहरुले लाभांश घोषणा गर्ने समयलाई एकिन गरेर उनीहरुले शेयर मार्केट उचालेका थिए । तर, यथार्थ भने बीमा कम्पनीहरुले लाभांश घोषणा गर्ने समय आएको भएपनि बुकक्लोज तत्काल नहुने हुँदा सर्वसाधारणलाई झुक्याउनकै लागि लाभांश घोषणा गर्ने समयलाई चयन गरिएको हुनसक्ने बजार विश्लेषकहरुको भनाइ छ ।

यदि सबै कुरा संयोग मात्रै हुन् भने बीमा क्षेत्रको शेयर बजारको एक हप्ते उचार चढावमा बीमा कम्पनीले घोषणा गरेको लाभांश महत्वपूर्ण पक्ष हुन आउँछ । पहिलो पटक लाभांश घोषणा गर्ने प्रभु इन्स्योरेन्सले १६.३२ प्रतिशत लाभांश घोषणा गरेको थियो । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेपछि आईएमई जनरल इन्स्योरेन्सले दोस्रो पटक लाभांश घोषणा गर्दा ६.३२ प्रतिशतमा झर्यो थियो ।

दोस्रो बजार सम्भावनाको खेल हो । पहिलो पटक लाभांश घोषणाबाट केही हुन्छ कि भन्दै बीमा क्षेत्रको शेयरमा लगानी गरेकाहरुले आईएमई जनरलको लाभांश घोषणाले निराश मात्रै होइन, बीमा क्षेत्रको शेयर बजारलाई डुबाउने गरी दोहोरो अंकको लाभांश समेत घोषणा गर्न नसक्नुले तत्कालै बिक्री गर्नुपर्ने अवस्थामा पुर्याएको हो ।

जसको परिणाम अघिल्लो साताको शुक्रबार प्रभु इन्स्योरेन्सको लाभांशबाट बढेको बीमा क्षेत्रको शेयर मूल्य आइतबार विहान आईएमई जनरलको लाभांशसँगै पुनः घट्न थालेको हो । अब तेस्रो बीमा कम्पनीको रुपमा अर्को कम्पनीले लाभांश घोषणा गरेपछि पुनः बढ्छ कि ? प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS