IME Life New

ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको रिइन्ट्रीले क्रिप्टोको मूल्य उछाल, बिटक्वाइनको भाउ अलटाइम हाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ह्वाइट हाउसमा डोनाल्ड ट्रम्प रिइन्ट्रीले आज क्रिप्टोकरेन्सीहरुको मूल्यमा उछाल आएको छ।

अमेरिकाको राष्ट्रपति रिपब्लिकन पार्टीका ट्रम्पको पुनरागमनसँगै क्रिप्टोकरेन्सीहरुको भाउ पनि बढेको हो। आज बिटक्वाइनलगायत धेरै मुद्राको मूल्य बढेको छ। बिटकोइनले अहिलेसम्मकै उच्च मूल्यमा पुग्दा डोजीक्वाइनले २० प्रतिशतभन्दा बढी वृद्धि देखेको छ।

Esewa
Crest

बिटक्वाइनको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। योसँगै बिटक्वाइनको मूल्य ७५ हजार डलर नाघेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

उता विश्वकै धनीव्यक्ति एलोन मस्कको मनपर्ने क्रिप्टोकरेन्सी डोजीक्वाइन २० प्रतिशतभन्दा बढी बढेर ०.२० डलर पुगेको छ।

ट्रम्पसँगको कनेक्सन कस्तो ?

अमेरिकामा यो चुनावी सिजन क्रिप्टोकरेन्सीमा केन्द्रित छ। दुवै पार्टीका उम्मेदवारले क्रिप्टो क्षेत्रको विकासलाई समर्थन गरिरहेका छन्। क्रिप्टो यूएई र ईयूजस्ता धेरै देशसँग स्पष्ट नियम सिर्जना गर्ने लगानीकर्ताका लागि एक प्रमुख एसेट क्लास बन्न तयार छ।

यद्यपि, डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसभन्दा ट्रम्पलाई क्रिप्टोकरेन्सीको बढी सहयोगी मानिन्छ। ट्रम्पले आफ्नो चुनावी अभियानहरुमा प्रो–क्रिप्टो एजेन्डाको वाचा गरेका थिए। यसमा राष्ट्रिय बिटक्वाइन रिजर्भ सिर्जना गर्ने, यूएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष ग्यारी जेन्सलरलाई बर्खास्त गर्ने र बिटक्वाइन लेनदेनमा करहरु हटाउने समावेश छ। सायद ट्रम्पको आवाजका कारण क्रिप्टोकरेन्सीको मूल्य बढ्नुको कारण हुन सक्छ।

डोजीक्वाइन किन बढ्यो ?

डोजीक्वाइनलाई एलन मस्कको मनपर्ने क्रिप्टोकरन्सी मानिन्छ। विगतमा पनि उनले समय–समयमा डोजीक्वाइनमा आफ्नो रुचि देखाउँदै आएका छन्। कुनै समय उनले यो मुद्रामा धेरै लगानी पनि गरेका थिए। जसका कारण यसको मूल्य आकाश छुन थालेको थियो।

मस्कले अमेरिकी चुनावमा ट्रम्पलाई समर्थन गरेको र ट्रम्पको चुनाव समितिलाई ठूलो रकम चन्दा दिएका थिए। यस्तो अवस्थामा ट्रम्पको सरकार बनेमा मस्कको यो मनपर्ने क्रिप्टोको मूल्यमा उछाल आउन सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS