IME Life New

ह्याक गरेर अमेरिकाका धेरै गोप्य दस्तावेज चोरी, चीनमाथि आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डोनाल्ड ट्रम्पको राष्ट्रपति पदको शपथ लिनुअघि नै अमेरिकाका धेरै गोप्य दस्तावेज चुहावटको घटना बाहिर आएको छ। चिनियाँ सरकारको समर्थनमा ह्याकरहरुले यो महिना अमेरिकी वित्त विभागको कम्प्युटर प्रणाली ह्याक गरेको आरोप लागेको छ।

रोयटर्सको रिपोर्टका अनुसार अमेरिकी सांसदहरुलाई पठाइएको पत्रमा अर्थ विभागको तेस्रो पक्ष सफ्टवेयर प्रदायकको प्रणाली ह्याक भएको बताइएको छ। यस ह्याकिङमार्फत गोप्य दस्तावेज र धेरै कर्मचारीहरुको वर्कस्टेसनसम्म पुग्न सफल भएको समाचारमा उल्लेख छ। यद्यपि, कति वर्कस्टेसन टाढाबाटै पहुँच गरियो वा ह्याकरले कुन प्रकारका दस्तावेज प्राप्त गरे भन्नेबारे कुनै जानकारी दिइएको छैन।

Esewa
Crest

विभागले भन्यो, ‘हामी हाम्रो प्रणालीविरुद्ध प्राप्त सबै धम्कीलाई धेरै गम्भीर रुपमा लिन्छौँ।’

पछिल्लो ४ वर्षमा अमेरिकी वित्त विभागले आफ्नो साइबर रक्षामा सुधार गरेको छ। ‘हामी हाम्रो वित्तीय प्रणालीलाई त्यस्ता ह्याकबाट जोगाउन निजी र सार्वजनिक दुवै क्षेत्रका साझेदारसँग मिलेर काम गर्नेछौँ’, विभागले भनेको छ।

यो डाटा चोरी डिसेम्बर ८ मा भएको थियो। जसको बारेमा विभागले अहिले यो जानकारी दिएको हो।

अमेरिकी ट्रेजरी विभागले डिसेम्बर ८ मा बियोन्ड ट्रस्टमार्फत यो उल्लंघनका बारेमा थाहा पाएको जनाएको छ। एफबीआई र अन्य एजेन्सीले यसबारे संयुक्त रुपमा अनुसन्धान गरिरहेका छन्।

अर्कोतर्फ वासिङ्टनस्थित चिनियाँ दूतावासले ह्याकिङको आरोपको खण्डन गर्दै अमेरिकाले कुनै पनि तथ्यबिना चीनमाथि यस्तो आरोप लगाउने अमेरिकाको कडा विरोध गरेको जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS