IME Life New

हेलिकप्टर चार्टर गरेर कुमारी बैंकले पु‍-यायो बृद्ध भत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु‍¥याएको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु‍-याउने कार्य सम्पन्न गरेको जनाएको छ ।

बैंकका अनुसार वैशाख १५ गते बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु‍-याउने कार्य गरेको थियो ।

Esewa
Crest

गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले भने , आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस् भनी सो आयोजना गरेका छौ। आगामी दिनमा यसरी सहयोग पु‍-याउने कार्यक्रमलाई हामीले निरन्तरता समेत दिने जनाए ।

बैंकले १९७ शाखा, १७७ एटिएम, ४२ शाखारहित बैंकिंग तथा १६ एक्टेन्सन काउन्टर मार्फत वित्तिय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS