IME Life New

हेलम्बु गाउँपालिकाले चौरी बीमाको खर्च व्यहोर्ने, किसानलाई सित्तैमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थानीय सरकारले बीमाको खर्च व्यवहोर्ने भएपछि हेलम्बु गाउँपालिकाका चौरी किसानले सित्तैमा चौरी गाईको बीमा सुविधा पाउने भएका छन् ।

हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार नेपाल सरकारले पशु बीमाको लागि ७५ प्रतिशत अनुदान र बाँकी २५ प्रतिशत पशु बीमा शुल्क गाउँपालिकाले व्यहोरेर चौरी गाईको सम्पूर्ण बीमा खर्च सरकारले व्यहोर्ने निर्णय भएको छ ।

Esewa
Crest

उनले भने, ‘उच्च हिमाली भागमा हिउँसँगै पौठेजोरी खेल्दै चौरी गाई पालन व्यवसायमा लागेका किसानलाई प्रोत्साहित गर्न थप २५ प्रतिशत गाउँपालिकाले अनुदान दिएर किसानले सित्तैमा चौरी गाईको बीमा गर्ने व्यवस्था गरिएको बताए । अध्यक्ष शेर्पाले भने, ‘गोठ गोठमा गएर चौरी गाईको विवरण संकलन गरी बीमा गर्नको लागि कर्मचारी परिचालन गरिएको छ । नेपाल सरकारले अनुदान दिएको ७५ प्रतिशतमा गाउँपालिकाले २५ प्रतिशत थप गरी शतप्रतिशत अनुदानमा चौरी गाईको बीमा गर्ने व्यवस्था गरिएको छ ।’

उच्च पहाडी भेगमा हिम पहिरो तथा भिरबाट लडेर चौरी गाईहरु मर्न थालेपछि किसानले पाल्न छोडेको भन्दै गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न चौरीको बीमामा थप अनुदान व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS