IME Life New

हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा युवासँग – महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिंदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिना भन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा युवासँग महालक्ष्मी लाईफू कार्यक्रम संचालन भइसकेको छ। यसै सिलसिलामा १५,१६ र १७ गते हेटौडा, दमौली, भिरकोट स्याङ्जा, बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न भएको छ । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो ।बीमाको महत्व बारेमा प्राध्यापक भुपेन्द्र कोइराला र कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रकाश पार्नु भएको कार्यक्रममा बीमा जागरणका विषयमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए  । कार्यक्रममा शाखा प्रमुख रेनु साहका साथै अभियानका केन्द्रिय सदस्य सन्ध्या पोखरेल र रोमी श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

यसै गरि स्याङ्जाको भिरकोट स्थित भुपु सैनिक कम्यूनिटि एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराईको अध्यक्षतामा संचालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागिता रहेको तथा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिएका थिए  । मंसिर १५ गते दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा संचालित ूयुवासँग महालक्ष्मी लाईफू कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमला र एरिया ब्रान्च मेनेजर माधव न्यौपानेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए  ।

Esewa
Crest

बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते ूयुवासँग महालक्ष्मी लाईफू कार्यक्रम सम्पन्न गर्‍यो । ४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जी सि र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले बीमाको महत्व बारेमा र कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य विरेन्द्र बहादुर साही र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश पारेका थिए  । कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागिहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS