IME Life New

हिमालयन लघुवित्तको नाफामा २४.८१%को संकुचन, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा संस्थाले ७५ लाख ५० हजार नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा २४.८१ प्रतिशतले नाफा घटेको छ।

Esewa
Crest

गत वर्ष संस्थाले १ करोड ६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा यो १८.७५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो मुनाफा १ करोड ३० लाख रुपैयाँ थियो।

संस्थाको खुद ब्याज आम्दानी भने १४.२२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २० करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा वर्षमा बढेर २३ करोड ७३ लाख रुपैयाँ भएको छ।

समीक्षा वर्षमा संस्थाले २ अर्ब ६० करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १०.२८ प्रतिशतले बढेर १० करोड १९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड २४ लाख रुपैयाँ थियो। संस्थाको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षको संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.६५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३७ प्रतिशत थियो। खराब कर्जा बढेसँगै संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर २ करोड ६१ लाख रुयैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड ७० लाख रुपैयाँ थियो।

संस्थाको वितरणयोग्य मुनाफा २२ लाख ८९ हजार रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) २.३६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२३.५७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS