IME Life New

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले गरे मर्जरको सहमति, मर्जर पछि चुक्ता पूँजी २ अर्ब ४३ करोड पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन् । दुबै संस्थाका मर्जर उपसमितिले गरेको सिफारिस अनुसार समझादारिपत्रमा आज हस्ताक्षर गरेका छन् ।

बीमा समितिले निर्जीवन  बीमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर दुई अर्ब पचास करोड पुर्याई दिएपछि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरको बाटो तय गरेका हुन्।  यो सम्झौता संगै बीमा क्षेत्रमा  केहि तरंग ल्याएको छ।  हकप्रद शेयर नै जारी गर्न लागिपरेका कम्पनीका संचालकहरु प्रेसरमा पर्ने छन्।

Esewa
Crest

बीमा क्षेत्रमा मर्जरको लागि गरिएको यो समझदारी  दोस्रो हो।   यस अगाडी नेको र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरको सहमति गरेर केहि महिना  पछि मर्जर तोडेका थिए।

दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) तय हुने कम्पनीले जनाएको छ। हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १:१ मा दुई कम्पनी गभिएमा एकीकृत कम्पनीको चुक्ता पूँजी  बढेर २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

मर्जर पछि कायम हुने चुक्ता पुँजीमा आ.व. २०७८/७९ को बोनस सेयर वितरण पछि नियामकले तोकेको पूँजी पुर्याउन कम्पनी सफल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS