IME Life New

हिमालयन बैंकद्धारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले खप्तड छेडेदह गाउँपालिकाभित्र सञ्चालनमा रहेका ३१ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंक र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन भएको ‘एक घर एक बैंक खाता’ अभियान नेपालमै पहिलो पटक सम्पन्न गरेको अवसरमा आयोजित नमुना गाउँपालिका घोषणा सभा कार्यक्रममा उक्त सामग्री सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरिएको जनाएको छ ।

Esewa
Crest

बाजुराका छेडेदहबासीको शैक्षिक स्तर सुधार्ने पहलस्वरूप त्यहाँका सामुदायिक विद्यालयलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका निर्देशक सुभाषचन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल र गाउँपालिका अध्यक्ष नरबहादुर रावत उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS