IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ करोड २५ लाख नाफा कमाउँदा अन्य सूचक कस्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा शुन्य दशमलव ३२ प्रतिशतले वृद्धि हुँदै ११ करोड २५ लाख पुगेको छ ।

कुल बीमा शुल्क आर्जन ३ दशमलव ०६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५० करोड पुगेको छ भने खुद बीमा शुल्क आर्जन ३० दशमलव ५४ प्रतिशतले वृद्धि हुँदै ५९ करोड १९ लाख पुगेको छ ।
२ अर्ब २३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ६६ करोड २० लाख संचित छ भने बीमा कोषमा १ अर्ब १५ करोड संचित छ । समिक्षा अवधिमा जगेडा कोष ७ दशमलव ५५ प्रतिशतले वृद्धि हुँदा बीमा कोष ४ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले पुष मसान्तसम्म ४६ करोड ७६ लाख कुल दावी भुक्तानी गर्दा १८ करोड ६६ लाख खुद दाबी भुक्तानी गरेको छ । त्यस्तै भुक्तानी गर्न बाँकी दाबी रकम २ अर्ब १७ करोड छ ।

Crest

प्रकासित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ०५ पैसा र प्रति शेयर किताबी मूल्य १८३ रुपैयाँ २१ पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS