IME Life New

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७४ लाखमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज यस बैंकको २६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १८ करोड ८७ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS