IME Life New

हिन्डनबर्गको फेरि अर्को खुलासाः स्विस बैंकहरुमा अडानी समूहको ३१ करोड डलर जफत !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकी सर्ट सेलर हिन्डनबर्ग रिसर्चले स्विस अधिकारीहरुले मनी लन्ड्रिङ र ठगीको आरोपमा अनुसन्धानका क्रममा अडानी समूहको ६ वटा स्विस बैंक खातामा जम्मा गरिएको ३१ करोड डलर जफत गरेको दाबी गरेको छ।

हिन्डनबर्गले सामाजिक सञ्जालमा पोस्ट गर्दै स्विस अधिकारीहरुले मनी लान्ड्रिंग र जालसाजीको अनुसन्धानको एक भागका रुपमा अडानी समूहको धेरै स्विस बैंक खाताहरुमा जम्मा ३१ करोड डलर भन्दा बढी जफत गरेको दाबी गरेको हो। यो अनुसन्धान २०२१ देखि चलिरहेको उसको भनाइ छ।

Esewa
Crest

हिन्डनबर्गले गोथम सिटीलाई उद्धृत गर्दै स्विस मिडिया आउटलेट, अडानीको प्रतिनिधित्व गर्ने एक सहयोगीले कसरी ब्रिटिस भर्जिन टापु÷मरिसस र बर्मुडामा संदिग्ध कोषमा लगानी गरे भनेर उल्लेख गरेको छ। यी कोषको अधिकांश पैसा अडानीको शेयरमा लगानी गरिएको थियो। यी ६ स्विस बैंकमा ३१ करोडभन्दा बढी डलर थियो। जुन अहिले फ्रिज गरिएको छ। स्विस फौजदारी अदालतको अभिलेखबाट यो खुलासा भएको हो।

अडानी समूहले हिन्डनबर्गका यी आरोपलाई झुटो भनेको छ। अडानी समूहले एक विज्ञप्ति जारी गरी आफ्नो बजार मूल्य घटाउन यो सबै गरिएको भन्दै स्विस अदालतको कुनै कारबाहीसँग अडानी समूहको कुनै सम्बन्ध नभएको जनाएको छ। ‘न त हाम्रो कम्पनीको कुनै खाता जफत गरिएको छ। हाम्रो वैदेशिक होल्डिङ संरचना पूर्णतया पारदर्शी र कानुनबमोजिम छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो हाम्रो प्रतिष्ठा र बजार मूल्यमा हानी पुर्याउने प्रयास हो भनी भन्न हामीलाई कुनै हिच्किचाहट छैन।’

हिन्डनबर्ग रिसर्चले गत वर्ष जनवरी २४ मा अडानी समूहका बारेमा १०६ पृष्ठको रिपोर्ट प्रकाशित गरेको थियो। यसमा अडानी समूहमाथि ऋणदेखि शेयर मूल्यमा हेरफेरसम्मका विभिन्न आरोप लगाइएको थियो। यो प्रतिवेदन सार्वजनिक भएपछि शेयर बजार खुलेपछि त्यसमा सूचीकृत अडानी कम्पनीको शेयरभाउमा पहिरो गएको थियो। शेयरभाउ घट्दा अडानी समूहको मार्केट क्याप मात्रै घटेन गौतम अडानीको नेटवर्थमा पनि ठूलो गिरावट आएको थियो।

हिन्डनबर्गको पहिलो रिपोर्टको प्रभावका कारण गौतम अडानीको सम्पत्तिमा करिब ६० अर्ब डलरको गिरावट आएको थियो। यस वर्ष अडानी समूहको सेयरमा बलियो कमब्याक भए पनि हिन्डनबर्गले सेबी प्रमुखलाई लिएर समूहमाथि हमला गर्दै आएकाले अहिले उनले यो नयाँ पद जारी गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS