IME Life New

हालसम्म २३२० जनाको कारोना बीमा दावी भुक्तानी, बीमा दावी तीन अर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी तीव्र पार्न बीमा समितिले स्पष्ट निर्देशन दिएसँगै दावी भुक्तानीको गति तीव्र भएको भएपनि  गत कार्तिक २३ गते आइतबारसम्मको तथ्याङ्क अनुसार दुई हजार ३२० जनाले कोरोना बीमाको दावी भुक्तानी पाएका छन् ।

बीमा पुलमार्फत प्राप्त तथ्याङ्क अनुसार एक अर्ब ३८ करोड एक लाख रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी गर्न बक्यौता रहेको रेकर्डमै देखिएको छ । साथै राष्ट्रिय बीमा कम्पनीमा थुप्रिएको सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको समेत जोड्दा कूल दावी भुक्तानी हुन बाँकी रकम तीन अर्ब नाघेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै करिब डेढ अर्बभन्दा बढि दावी परेको छ । यद्यपि सम्पूर्ण कागजात प्राप्त नभएकोले रेडर्कमा नजनाइएको सो कम्पनीको भनाई छ ।

Esewa
Crest

सबैभन्दा धेरै बक्यौता राष्ट्रिय बीमा कम्पनीको रहेको छ । राष्ट्रिय बीमा कम्पनीले बीमा दावी गर्न आएका सम्पूर्ण बीमितलाई दावी भुक्तानी गर्न सक्ने नगद तरलताले समेत थेग्न सक्ने अवस्था छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सरकारी कर्मचारी गरी कूल २० हजार जतिले बीमा दावी गरेका छन् । कार्यालयबाट एकै पटक बीमा दावी प्रक्रिया गर्न खोज्दा दावी मात्रै पर्ने र सबै कागजात जुटाउन समय लाग्ने गरेको छ । राष्ट्रिय बीमा कम्पनीले मात्रै दुई अर्बभन्दा बढि दावी भुक्तानी गर्नुपर्ने देखिएको छ । राष्ट्रिय बीमा कम्पनीमा परेको बीमा दावीको तथ्याङ्क बीमा पुलमा आइसकेको छैन ।

बीमा पुलमा प्राप्त विवरण अनुसार सबैभन्दा धेरै दावी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले हालसम्म १ करोड ८० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीले एक करोड ३२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सिद्धार्थ, युनाईटेड, एनएलजी, प्रिमियर, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीहरुले एक एक करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् ।

दावी भुक्तानी बक्यौता रहनेमा शिखर सबैभन्दा अगाडी छ । सो कम्पनीको २१ करोड १४ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स, १२ करोड, राष्ट्रिय बीमा कम्पनी १४ करोड, अजोड इन्स्योरेन्स २० करोड रुपैयाँ बक्यौता छ ।

कोरोना बीमा पोलिसी नेपाल बीमक संघको नेतृत्वमा सबैले सामूहिक रुपमा बीमा शुल्क र जोखिम बाँडफाँड गर्ने शर्तमा बीमा पुलमार्फत सञ्चालित बीमा योजना भएकोले कम्पनीगत रुपमा रहेको दावी भुक्तानीको विवरण छुट्टाछुट्टै भएपनि हिसाब किताब भने एकमुष्ट हुनेछ ।

दुई साता अघि बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी एक साताभित्र सम्पन्न गर्न प्रक्रिया समेत छोट्याएर सरल बनाएर निर्देशन दिएपछि दावी भुक्तानी प्रक्रियाले केही गति लिएको भएपनि अझै तीन अर्बभन्दा बढि दावी भुक्तानी बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS