IME Life New

हायर पर्चेज कर्जा १९.९% ले घट्यो, ६ महिनामा सवा १ खर्ब प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुबाट हायर पर्चेज कर्जा प्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना पुससम्मको तथ्यांकले यस्तो देखाएको हो।

चालु आर्थिक वर्षको ६ महिनामा १ खर्ब २७ अर्ब ४६ करोड रुपैयाँ हायर पर्चेज कर्जा बैंकहरुबाट प्रवाह भएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा १९.९ प्रतिशतले कम हो। गत असार मसान्तसम्म बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको थियो।

Esewa
Crest

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा व्यापारिक प्रयोजनका लागि बैंकहरुबाट ९१ अर्ब ५४ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको छ। गत असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ प्रवाह भएको थियो। यो हिसाबले व्यापारिक प्रयोजनका लागि बैंकहरुबाट प्रवाह हुने हायर पर्चेज कर्जा समीक्षा अवधिमा २५.३ प्रतिशतले घटेको छ।

उता व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले प्रवाह गर्ने हायर पर्चेज कर्जा पनि २.१ प्रतिशतले घटेको छ। गत असार मसान्तसम्म व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले ३६ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा घटेर ३५ अर्ब ९२ करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS