IME Life New

हात्तीगौडामा साथीमार्टको १०६औं आउटलेट सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको १०६ औँ आउटलेट बुढानिलकण्ठ–७, हात्तीगौडामा सञ्चालनमा आउने भएको छ । अष्ट्रेलियाबाट फर्केका अनुप आलेले साउन १४ गतेदेखि उक्त फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् ।

‘मार्ट सञ्चालन गर्दा कस्टमर सर्भिसलाई नै प्राथमिकता दिने छु । ग्राहकहरू स्टोरमा आएपछि आफुलाई आवश्यक सामाग्रीहरू एकै ठाउँमा पाउनुका साथै हरेक वस्तुको मूल्य निर्धारण गरिएको हुनाले विश्वस्त भई आफ्नो बजेटमा रहेर शपीङ गर्न सकिनेछ,’ अनुप भन्छन् ‘थुप्रै मार्केट रिर्सच गरेर कुन सेक्टरमा हात हाल्ने भनेर बुझ्दै जाँदा, बाहिर देशमा रिटेल व्यवसायमा मार्ट एकदमै फस्टाएको देखेर नेपालमा सोही सरहको मार्ट साथीमार्ट रहेछ देख्नुका साथै नेपाली मार्केटमा साथीमार्टको नयाँ व्यवसायीक पहल देखर प्रभावित भई जोडिएको हुँ ।’

Esewa
Crest

५७५ स्क्वायरफिटमा बनेको उक्त आउटलेटको उद्घाटन वडा अध्यक्ष वस नारायण महर्जनले गर्नेछन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

फ्रेन्चाइज स्टोरसँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठूला आउटलेट सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS