IME Life New

हवाई बीमाबारे अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आइआइएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल(आइआइएन) ले हवाई बीमा सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ । इन्स्टिच्युटका अनुसार अप्रिल २६ तारेखमा काठमाडौ‌ंमा सम्मेलनको आयोजना हुनेछ।

सम्मेलनमा नेपाल भारत सिंगापुर लगायतबाट हवाई बीमा सेवा प्रदायक पुनर्बीमा कम्पनी, पुनर्बीमा ब्रोकर, हवाई बीमा जोखिम विज्ञहरुको सहभागिता रहनेछ। सम्मेलनमा नेपालमा हवाई बीमाको व्यापार बढ्दै गएको सन्दर्भमा नेपालको हवाई बीमा बजारबारे अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीलाई अवगत गराउने र यहाँको बीमा उद्योगको जोखिम पहिचान तथा सम्बोधनको उपायबारे छलफल गर्ने उद्देश्य रहेको छ।

Esewa
Crest

नेपालमा पछिल्लो दुई वर्षयता आन्तरिक उड्ययन सेवामा विमान दुर्घटनाको संख्या बढेकाले वैश्विक पुनर्बीमकहरु जोखिम बढेको भन्दै जोखिम स्वीकार्न हिच्किचाई रहेका छन् । साथै पुनर्बीमाको प्रस्ताव सिधै अस्वीकृत गर्नुको साटो महँगो पुनर्बीमा शुल्क प्रस्ताव, थोरै पुनर्बीमा कमिशन प्रस्ताव गरेर अप्रत्यक्षरुपमा जोखिम पन्छाउने प्रयास गरिरहेका छन् ।

आइआइएनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सम्मेलनको सूचना

२०७९ माघ महिनामा पोखरामा यति एयरलाइन्सको एटिआर ७२ विमानमा चालक दल सहित ७२ जनाको ज्यान जाने गरी भएको दुर्घटना आन्तरिक उड्ययन सेवाको पहिलो ठूलो दुर्घटना हो । यसबाहेक १५ जेठ २०७९ मा म्याग्दीमा तारा एयरको ट्वीन अटर विमान दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । नागरिक उड्ययन प्राधिकरणका अनुसार २०८० असार २६ गते सोलुखुम्बुको सोलुकुण्ड नगरपालिका क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा चालक दल सहित ६ जनाको मृत्यु भएको थियो ।

यसैगरी गत वर्ष २०८० वैशाख २१ गते स‌ंखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । जलविद्युत आयोजनाको सामान ओसार्ने क्रममा भएको उक्त दुर्घटनामा परेर १ जनाको मृत्यु भएको थियो । ४ जना घाइते भएका थिए । यसैगरी २५ चैत २०७९ मा मण्डिकाटारस्थित ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर अस्पतालको छतमा अवतरणका क्रममा पछाडिको पुच्छरको पंखा खुस्किएर दुर्घटनामा परेको थियो । भोलिपल्ट २६ चैतमा धौलागिरी आधारशिविर नजिकै एभरेस्ट एयरको मालबाहक हेलिकप्टर दुर्घटनामा परे पनि मानवीय क्षति भएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS