IME Life New

हङकङलाई पछि पार्दै चौथो ठूलो शेयर बजार बन्यो भारत, कुन-कुन देश छन् अगाडि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत विश्वको चौथो ठूलो शेयर बजार बनेको छ। हङकङलाई हराउँदै भारत पहिलोपटक शीर्ष चारमा पुगेको हो।

भारतीय एक्सचेन्जहरुमा सूचीबद्ध शेयरहरुको संयुक्त मूल्य ४.३३ ट्रिलियन डलर पुगेको छ। जब कि हङकङको शेयर बजारको मूल्य ४.२९ ट्रिलियन डलरमा झरेको छ। यसरी भारत विश्वको चौथो ठूलो शेयर बजार बनेको छ।

Esewa
Crest

भारतीय शेयर बजारको मूल्य गत डिसेम्बर ५ मा पहिलो पटक ४ ट्रिलियन डलर नाघेको छ। त्यसमध्ये विगत ४ वर्षमा भारतमा करिब २ ट्रिलियन डलर थपिएको छ।

भारत विश्वको सबैभन्दा छिटो बढिरहेको ठूलो अर्थतन्त्र हो। यसबाहेक आर्थिक सुधारहरुले पनि भारतमा विश्वभरका लगानीकर्ता आकर्षिक भएका छन्।

हाल अमेरिका विश्वको सबैभन्दा ठूलो शेयर बजार हो। जसको मूल्य ५०.८६ ट्रिलियन डलर छ। चीन ८.४४ ट्रिलियन डलरको साथ दोस्रो स्थानमा र ६.३६ ट्रिलियन डलरसहित जापान तेस्रो स्थानमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS