IME Life New

स्व. गोविन्द बस्नेतको परिवारले बुझे सिटिजन लाइफबाट दाबी वापतको १० लाख ५० हजार रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखा कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका  हर्कपुर निवासी स्व. गोविन्द बस्नेतको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

बीमा दाबी वापतको १० लाख ५० हजार रुपैयाँ उनको श्रीमती विष्णुदेवी पराजुलीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

बस्नेतले  २०७८ साल अषाढ १४ गते १० लाख रुपैयाँ बीमांकको बीमा गरेका थिए । बीमा गरेको तीन महिनामै बस्नेतको  असोज २० गते मृत्यु भएको थियो ।

उक्त रकम स्थानीय वासी, उद्योगी, सामाजीक प्रतिष्ठत व्याक्तित्वहरुको उपस्थितीमा भैरहवा एरिया प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, परासी शाखा प्रमुख दिपक थापा क्षेत्री, कावासोती शाखा प्रमुख जगत राम ढकाल , सिनिएर एजेन्सी म्यानेजर रिता पाण्डे, वार्ड नं. १२ का वडा अध्यक्ष थिर बहादुर थनेत र एजेन्सी म्यानेजर अनिता मल्लले हस्तान्तरण गरेका हुन् ।

मृतक बस्नेतकी श्रीमतीले कम्पनीले मृत्यु दाबी भुक्तानी समयमा नै उपलब्ध गराई परिवारलाई राहात दिएकोमा कम्पनीलाई धन्यवाद दिएकी थिइन्  ।

कार्यक्रममा कम्पनीका भैरहवा एरिया प्रमुख नरेश सिग्देलले बीमा बचत र सुरक्षा मात्र नभई कम्पनी प्रतिको विश्वास पनि  रहेको र यस विश्वासलाई अझ मजबुद बनाउनका लागि सफल भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS