IME Life New

स्व. खेलाडी सन्जु चौधरीको परिवारलाई युनियन लाइफद्धारा मृत्यु दाबी भूक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालगन्ज । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखाले मृतकको परिवारलाई ५४ लाख २० हजार रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले नेपालगन्ज उप–महानगरपालिका, १० निवासी, बीमित स्व. सन्जु चौधरीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

युनियन लाईफ इन्स्योरेन्समा गरेको ५० लाखको बार्षिक अग्रिम भुक्तानी जीवन बिमा बापतको दाबि भुक्तानी, मृतक चौधरी कै घरमा पुगेर, उनकी आमा सुन्दरमोती थारुलाई प्रदान गरेको हो। युनियन लाईफ प्रदेश कार्यालयका प्रमुख भोज कुमार कुँवर, वरिष्ठ अभिकर्ता माधवराज अधिकारी नेपालगन्ज शाखाका प्रमुख उत्तम ढकाल,माया कोइराला, टंक नाथ पौडेल लगाएतको सहभगितामा मृतक चौधरीकी आमालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा, भारत्तोलन अन्तर्गत, नेपालका लागी स्वर्ण पदक बिजेता भैसकेकी, २३ वर्षकि चौधरीको आत्महत्याका कारण, गत २०७९ वैशाख २७ गते ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका, ८ लुभुस्थित संजिवन महर्जनको घरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS