IME Life New

स्वीट्जरल्याण्डः स्वास्थ्य बीमाका लागि आम्दानीको १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने प्रस्ताव संसदमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूरोपेली मुलुक स्वीजरल्याण्डका नागरिकले स्वास्थ्य बीमा सुविधाका लागि आफ्नो आम्दानीको अधिकत्तम १० प्रतिशत रकम बीमाशुल्क वापत तिर्नुपर्ने प्रस्ताव पेश गरिएको छ। वामपन्थी सोशल डेमोक्र्याटिक पार्टीले अघि सारेको यो प्रस्तावका सम्बन्धमा संसदमा आगामी जुन ९ तारेखमा मतदान हुनेछ ।

पछिल्लो समयमा स्वास्थ्य सेवामा आधुनिकता र आधुनिक जीवन शैलीका कारण स्वास्थ्य समस्या बढ्दै जाँदा स्वीस नागरिक स्वास्थ्य सेवाका लागि चर्को शुल्क तिर्न बाध्य छन् । विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको तथ्यांक अनुसार स्वीजरल्याणडमा मात्र नभएर पुरै यूरोपमा लाखौं मानिसले यो समस्याको सामना गर्नुपरेको छ।

Esewa
Crest

यो समस्या अझ विकराल हुन सक्छ। बढ्दो उपचार खर्चको लागत व्यहोर्न स्वीस सरकारले हरेक वर्ष स्वास्थ्य बीमाशुल्कमा उल्लेख्य वृद्धि गर्दै आएको छ। सन् २०२४ मा स्वास्थ्य बीमाशुल्क स्वीस नागरिकको औसत आम्दानीको ८‍‍.७ प्रतिशत पुगेको थियो ।

यी लगातार बढ्दो लागतले स्वीट्जरल्याण्डका नागरिकको लागि स्वास्थ्य उपचारवापतको खर्च रकम जोहो गर्न पारिवारिक बजेटमा दबाब ल्याउँछ ।

संघीय सरकार र प्रान्त दुबैले अनिवार्य स्वास्थ्य बीमाशुल्क व्यहोर्न नसक्ने जनसंख्याको एक चौथाई भन्दा बढीलाई अनुदान सहयोगमार्फत अहिले नै मद्दत गरिरहेका छन्। यो अनुदानको प्रतिशत प्रान्तहरूभित्र फरक फरक छ।

नयाँ प्रावधान संसदबाट स्वीकृत भएको अवस्थामा आम्दानी गर्ने वर्गले आफ्नो आम्दानीको १० प्रतिशत रकम बीमाशुल्कमा योगदान दिंदा स्वास्थ्य बीमाका लागि अन्य वर्गलाई थप अनुदान दिन सरकारलाई सहयोग मिल्नेछ। विधायिका प्रस्तावमा पूरक अनुदानको कम्तीमा दुई तिहाई खर्च भार संघीय सरकारले र बाँकी प्रान्तले बहन गर्नुपर्ने प्रावधान राखेको छ।

प्रस्तावित प्रावधान कार्यान्वयनमा आएमा स्वास्थ्य बीमाशुल्कमा अनुदान प्राप्त गर्ने जनसंख्या थप बढ्नेछ । स्थानीय समाचार एजेन्सीका अनुसार नयाँ प्रावधानका कारण  मध्यम वर्ग थप लाभान्वित हुनेछ, किनकि यसअघि नै गरिब घरपरिवारले पहिले नै स्वास्थ्य बीमाशुल्कमा सरकारी अनुदान पाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS