IME Life New

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. बसौलाद्वारा पदभार ग्रहणको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा. दामोदर बसौलाले कार्यभार ग्रहण गर्ने तयारी गरेका छन् ।

लोकसेवा आयोगले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा बसौलासहित तीन जनाको नाम सिफारिस गरेकोमा गत कार्तिक २० गते बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बसौलालाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव प्रसाद तिवारीले जानकारी दिए । लोकसेवा आयोगले डा.बसौला, डा कृष्णप्रसाद अधिकारीको र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो ।

Esewa
Crest

यसअघि सुदर्शन पौडेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरिएको समाचार बाहिर आएको थियो ।
यसैबीच, बसौलाले भोलि पदभार ग्रहण गर्ने भएका छन् । पोखराबाट काठमाडौ आउँदै गरेका बसौलाले भोलि अपरान्हसम्ममा पत्र बुझेर पदभार ग्रहण गर्ने जानकारी दिए ।

नेपाल सरकारले स्वास्थ्य बीमा ऐन ल्याएर बोर्ड गठन गरी स्वास्थ्य बीमा सम्बन्धी कार्य गर्दै आएको छ । स्वास्थ्य बीमा बोर्ड बीमा समिति मातहतको निकाय होइन । लोककल्याणकारी बीमा सेवा प्रदायक संस्था हो । नेपालमा बीमा समितिले नियमन गर्ने बाहेक बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले बीमा सम्बन्धी कार्य गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS