IME Life New

स्वास्थ्य बीमामा सरकारको बिशेष ध्यान, १७ लाख बीमितले गरे स्वास्थ्य बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वास्थ्य बीमामा ६ अर्ब रकम विनियोजन भएको छ । हाल ४६ जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई ७७ वटै जिल्लामा बिस्तार गर्ने लक्ष्य सरकारले लिएको छ ।

स्वास्थ्य बीमा बोर्डका वरीष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले – हाल सम्मको तथ्याङक अनुसार १७ लाख बीमित
स्वास्थ्य बीमाको दायरामा रहेको बताए । २०७५/७६को बजेटले स्वास्थ बीमाको दायरा फराकिलो बनाएको छ । ७७ वटै जिल्लामा स्वास्थ्य बीमालाई पुराउने लक्ष्य सरकारले लिएको छ , यसले बीमाको पहुँचमा समेत वृद्धि गर्ने बताए ।

Esewa
Crest

सरकारले बृद्धभत्तामा बजेट बृद्धि गर्ने निर्णयबाट १३ लाख बृद्धबृद्धाले लाभ लिने जनाएको छ । बजेटमा सामाजिक सुरक्षा अन्तर्गत बिधवा, अपाङ्ग भएका महिलाहरुको भत्ता समेत बृद्धि गर्ने घोषणा गरेका छन् । घोषणा गरिएको भत्ता आगामी आर्थिक वर्षको साउनदेखि कार्यान्वयनमा आउनेछ ।

स्वास्थ बीमामा कसरी सहभागी हुने त ?
प्रत्येक वडामा रहेका दर्ता सहयोगी मार्फत यस कार्यक्रममा आवद्ध हुन सकिन्छ । बीमित हुन चाहने परिवारले हाफ्नो घरमुली तथा अन्य सदस्यहरुका लागि नागरिकता वा नेपाल सरकारबाट जारी वैधानीक परिचय पत्र अनिवार्य रुपमा देखाई परिवारका सबै सदस्यहरुको आवश्यक फाराम भरि दर्ता सहयोगीले मोबाइलबाट फोटो खिचेर मात्र आबद्ध हुन सकिन्छ ।

सहभागी हुन लाग्ने रकम :
स्वास्थ बीमाको आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्दछ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिभि र एचआइभि संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पुर्ण छुटको व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमामा आवद्ध भएपछि पाइने सुविधा :
५ जना परिवारलाई बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । ५ जनाभन्दा बढी प्रति थप सदस्य वापत सुविधाको थैलीमा २ लाख बढ्दै जान्छ र परिवार संख्या अनुसार बढीमा २ लाखसम्मको स्वास्थ्य उपचार पाईन्छ । जेष्ठ नागरिकले वार्षिक १ लाख सम्मको उपचार सुविधा पाउँछन् । स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य रुपमा नविकरण गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS