IME Life New

स्वास्थ्य बीमाका लागि एशियामा सर्वाधिक तीब्र गतिमा माग बढ्न थाल्योः एएमबेष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रि क्रेडिट रेटिङ एजेन्सी एएम बेष्टले स्वास्थ्य बीमाका लागि एशियाका उदयीमान बजारहरूमा माग तीब्ररूपमा बढ्न थालेको बताएको छ। स्वास्थ्य बीमाको मागमा सुधारसँगै यसको पुनर्बीमाको बजार पनि बढेको छ ।

रेटिङ एजेन्सीका अनुसार, गम्भीर रोग र व्यक्तिगत दुर्घटना जस्ता स्थिर-लाभ बीमालेखको बिक्रीवापतको बीमाशुल्क आम्दानीमा द्रुत बिस्तारले स्वास्थ्य बीमावापतको बीमाशुल्क आम्दानीमा उल्लेख्य वृद्धि भएको हो ।

Esewa
Crest

एशियाली मुलुकहरूमा स्वास्थ्य बीमामा सीमित पहुँच र उपचार सेवावापत आम उपभोक्ताले खल्तीबाटै मोटो रकम खर्चिनुपर्ने बाध्यताका बीच पछिल्लो दशकमा स्वास्थ्य बीमाशुल्क आम्दानी दोहोरो अंकले बढेको रिइन्स्योरेन्स न्यूजले उल्लेख गरेको छ। एएम बेस्टले एसियाली बजारमध्ये चीनमा बहु-वर्षीय गम्भीर रोग जोखिम बहन बीमालेखको माग उल्लेख्यरूपमा बढेको प्रतिवेदनमा जनाएको छ छ। स्वास्थ्य उपचारवापतको खर्चमा वृद्धि भएका कारण पनि चीनको बजारमा स्वास्थ्य बीमाको मागलाइ बढाएको छ।

एएम बेष्टका अनुसार उदयीमान बजारहरूमा पछिल्लो समयमा प्रविधिको विकाससँगै क्यान्सर रोगको पहिचान सहज भएकाले पनि सर्वसाधारणहरू सचेत हुँदै स्वास्थ्य बीमालेख खरिद गर्न अग्रसर हुन थालेका हुन् । कोरोना महामारी पछि स्वास्थ्य बीमाको माग बढेको चिनियाँ बजारमा उपभोक्ताले थप व्यापक क्षतिपूर्ती समेटिएका स्वास्थ्य बीमालेखको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS