IME Life New

स्वास्थ्य उपकरण, औषधी र सरसफाई कम्पनीलाई एक अर्ब डलर सहयोग गर्ने स्टाण्डर्ड चार्टर्ड बैंकको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंकले विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोनाका विरुद्धमा जनताको सघाउने काममा खटिएका कम्पनीलाई एक अर्ब डलर सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालमा समेत शाखा कार्यालय रहेको स्टाण्डर्ड चार्टर्ड बैंकले कोरोना भाइरस विरुद्धमा मानवीय सहयोगमा जुटेका मेडिकल सामग्री, स्वास्थ्यकर्मी सुरक्षा सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्ने कार्यमा संलग्न उद्यमीलाई समेत सहुलियत दरका ऋण, कार्यपुँजि लगायतका आर्थिक सहयोग गर्ने जनाएको हो । बैंकले औषधी उत्पादक कम्पनी तथा स्यानिटाईजेशन सम्बन्धी कम्पनीलाई समेत सहयोग गर्ने जनाएको छ । अस्पतालका लागि अति आवश्यक भेन्टिलेटर तथा व्यक्तिगत सुरक्षा पोशाक उत्पादक कम्पनीलाई समेत सहयोग गर्ने जनाएको छ ।

Esewa
Crest

स्ट्यान्डर्ड चार्टर्डका अनुसार नियामकहरुबाट उत्पादनको अनुमति प्राप्त गरेको कम्पनीहरुले मात्रै बैंकले उपलब्ध गराउने वित्त पाउने बेलायतस्थित बैंकको केन्द्रीय कार्यालयलाई उध्रित गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS