IME Life New

स्वावलम्बन लघुवित्तको शेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ।

नेप्सेमा शेयरमूल्य समायोजन गर्दै स्वावलम्बन लघुवित्तको प्रतिकित्ता ६४०.८९ रुपैयाँ कायम गरेको छ। आज यो लघुवित्तको अन्तिम कारोबार मूल्यअनुसार प्रतिशत ७२०.१० रुपैयाँ कायम भएको थियो। अब आउँदो आइतबारबाट यही मूल्यबाट स्वावलम्बन लघुवित्तको शेयर कारोबार खुल्नेछ।

Esewa
Crest

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम शेयरधनीहरु यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

संस्थाले २२ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते डाकेको छ। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालन समितिले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.३५९९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकले तयार पारेको वित्तीय विवरण स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS