IME Life New

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार (असोज ३० गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर जारीपछि चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त संस्थासँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS