IME Life New

स्पर्स लघुवित्तको १३.६८% लाभांश पारित, संचालक समितिमा २ जना चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई १३ दशमलव ६८ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको तेश्रो वार्षिक साधारण सभाले लगानीकर्तालाई उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभा पोखरा स्थित होटल बाराहीमा सम्पन्न भएको जनाएको छ । उक्त सभा संस्थाका संचालक समितिका अध्यक्ष प्रा.डा. सुशिल भक्त माथेमाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Esewa
Crest

साधारणसभामा संस्थाले आर्थिक बर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन माथि छलफल, लेखापरिक्षण प्रतिवेदन, आर्थिक बर्ष २०७६।०७७ को लागि लेखा परिक्षक नियुक्ति एवं संचालक समितिले प्रस्ताव गरे अनुसारको बोनस शेयरको कर बापतको नगद रकम रु.५,६७,६४२ नगद लाभांश वितरणको लागि स्वीकृति दिने प्रस्ताहरुमाथि छलफल गरी निर्णय गरेको छ ।

संचालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजारको १३ प्रतिशतले हुन आउने रु १ करोड ७ लाख ८५ हजार १९० बोनस शेयर गरी संस्थाको कुल चुक्ता पुजि वृद्धि गरी ९ करोड ३७ लाख ४८ हजार १९० पु¥याएको संस्थाले जनाएको छ ।

सर्वसाधारण शेयरधनिको तर्फबाट संचालक समितिको प्रतिनिधित्वको लागि निर्बिरोध निर्वाचित संचालकहरुमा नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् ।

वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ साथै सो पश्चात हुन आउने पँुजिको १ः१ हकप्रद शेयर जारी गरी चुक्ता पुँजिमा वृद्धि गरि संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS