IME Life New

स्थानीय निकायहरुको पनि रेटिङ आवश्यक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ कम्पनीहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्डको चालु आर्थिक बर्षको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीहरु तथा नगरपालिकाका ऋणपत्रहरुको समेत शाख मूल्यांकनको लागि सम्बन्धित नगर विकास कोषहरुसंग समन्वय गरी निष्काशन व्यवस्था गर्ने कार्यक्रम रहेको छ । सोही सन्र्दभमा क्रेडिट रेटिङ्ग व्यवसायको वर्तमान अवस्था तथा सोको विविधपक्षहरुकोे सम्वन्धमा क्रेडिट रेटिङ्ग कम्पनीसंग छलफल गरेको हो ।

उक्त कार्यक्रममा इक्रा नेपालका विज्ञ किशोर प्रसाद विमली तथा केयर रेटिङ्गस नेपालका कार्यकारी प्रमुख साजन गोयलले क्रेडिट रेटिङ्ग व्यवसाय सम्वन्धी विविध पक्षहरुको बारेमा जानकारी दिए । साथै चालु आव देखि शुरु भएको वैंक ऋणीको क्रेडिट रेटिङ्ग प्रक्रिया, रेटिङ्ग गरिएका संगठित संस्थाहरु सम्वन्धी विवरण, रेटिङ्ग फि संरचना लगायतको विषयमा प्रस्तुत गरेका थिए ।

Esewa
Crest

सो अवसरमा उक्त कार्यक्रममा वोर्डका अध्यक्ष डा.रेवतवहादुर कार्कीले विगतमा सार्वजनिक निष्काशनको मात्र क्रेडिट रेटिङ्ग भईरहेकोमा उक्त व्यवसायको क्षेत्र विस्तार गर्ने वोर्डको कार्यक्रम बमोजिम वित्तिय संस्थाको ऋणमा ऋणी संस्थाकोे रेटिङ्ग गर्नुपर्ने साथै स्थानीय ऋणपत्रको लागि स्थानीय निकायहरुको समेत रेटिङ्गको व्यवस्था आवश्यक भएको बताए । धितोपत्र सुचीकरण तथा कारोवार नियमावली, २०७५ र धितोपत्र सुचीकरण विनियमावली, २०७५ मा सुचिकृत कम्पनीहरुको रेटिङ्गको व्यवस्था गरिएकोमा यसबाट यो व्यवसायको महत्व तथा कार्यक्षेत्र उल्लेखनीय रुपमा बढ्ने बताए ।
रेटिङ्ग व्यवसायको क्षेत्र विस्तार हुनुको साथै गतवर्ष थप एक संगठित संस्थाले समेत क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमतिप्राप्त गरेको छ ।

क्रेडिट रेटिङ्ग कम्पनी दुई भई क्रेडिट रेटिङ्ग सेवा थप प्रतिस्पर्धी र छिटो छरितो भर्ई सेवाग्राहीहरुले सहज एवं सरल ढंगले सेवा प्राप्त गर्न सक्ने अवस्था समेत सिर्जना भएको छ । हालवोर्डले थप एक संगठित संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी स्थापनागर्न सहमतिपत्र समेतप्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS