IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न भएको छ। उक्त सभा आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको बैंकले जनाएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू पारित गरेको छ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी साधारण सभाले बैंकको प्रवन्धपत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने र प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेर बदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS