IME Life New

सेरेन हस्पिटालिटीको सेवामा बैंक अफ काठमाण्डूका ग्राहकले १५% छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. बीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

Esewa
Crest

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सेरेन हस्पिटालिटीले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS