IME Life New

सेबीले प्रयोगमा ल्यायो एआई, अब शेयर बजारमा चलखेल गर्नेहरु तत्काल पर्नेछन् फन्दामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजार नियामक सेबीले शेयर बजारमा हेरफेर गर्नेहरुलाई कारवाही गर्ने तयारी गरेको छ। यसका लागि सेबीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न थालेको छ।

सेबी सदस्य कमलेश चन्द्र वार्सनेले बजार नियामकले अनुसन्धानका लागि एआई प्रयोग गरिरहेको बताए। धितोपत्र बजारमा भएको अनियमिततालाई नियन्त्रणमा लिएर सेबीले हेरफेर गर्ने निकायलाई कारबाही गरिरहेको छ। लगानीकर्ताको विश्वासको महत्त्वलाई जोड दिँदै वार्सनेले भने, ‘यदि लगानीकर्तामा विश्वास छैन भने सबै असफल हुनेछ।’

Esewa
Crest

केही ब्रोकर कम्पनी धाँधलीमा संलग्न रहेको वार्सनले ताए। ‘सिस्टममा खराब तत्व आउन सक्छन्, त्यसैले ब्रोकर कम्पनीहरुमाथि निगरानी बढाउनुपर्ने देखिन्छ’, उनले भने।

एसोसिएसन अफ नेसनल एक्सचेन्ज मेम्बर्स अफ इन्डिया (एएनएमआई) को १३ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा वार्सनले संस्थाहरुले दक्षता र व्यापारमा सुधार गर्न प्राविधिक विकासमा ध्यान दिनुपर्ने बताए। ‘प्राविधिक विकासमा संस्थाले ध्यान दिनुपर्छ’, एआईको प्रयोगबारे सोधिएको प्रश्नको जबाफमा उनले भने, ‘अहिले सेबीमा अनुसन्धानका लागि एआई प्रयोग भइरहेको बताए। अन्य धेरै कुरामा पनि यसको प्रयोग भइरहेको छ।’

वार्सने सेबीका लागि पारदर्शिता र नियमहरुको हेरफेर रोक्न धेरै महत्त्वपूर्ण रहेको बताए। ‘शेयर बजारमा कानुनको पालना गरेमात्र फाइदा हुन्छ’, उनले भने, ‘कानुनको उल्लंघनले समस्या निम्त्याउँछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS