IME Life New

सेन्ट्रल फाइनान्सको एजिएम भोलि, लाभांश पारितसँगै यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्सको पुस २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार फाइनान्सको २४औं वार्षिक साधारण सभा भोलि माघ २३ गते, शुक्रबार फाइनान्सको कर्पोरेट भवन, कुपण्डोल, ललितपुरमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Esewa
Crest

साथै, सभामा फाइनान्सको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १२ गतेदेखि माघ २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS