IME Life New

सेञ्चुरी बैंकको नवौँ तथा दशौं एजिएम सम्पन्न, ३ जना सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको नवौँ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा सम्पन्न भएको बै.कले जनाएको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८,४१,५४,७१,५७६.३० मा ४ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर पारित गरेको छ । उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम ८,५८,३७,८१,००० मा आव २०७६/७७ को मुनाफाबाट ५ दशमलव २५ प्रतिशत बराबरको बोनस सेयर र २ दशमलव २५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Esewa
Crest

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, सभाले रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई संस्थापक शेयरधनीहरुबाट संचालक निर्वाचित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS