IME Life New

सूर्य ज्याेती लाईफले पनि काठमाण्डाैंमा कार्यालयका लागी घरजग्गा खरिद गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । सूर्य ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले आफ्नै कार्यालय भवन निर्माणका लागी काठमाण्डाै‌ं उपत्यकाभित्र जग्गा खरिद गर्ने भएकाे छ। इन्स्याेरेन्सले केन्द्रीय कार्यालय प्रयाेजनका लागी २५ देखि ४८ आना क्षेत्रफल जग्गा वा याे बराबरकाे क्षेत्रफलभित्र रहेकाे पक्की भवन सहितकाे सम्पत्ती खरिद गर्नका लागी सार्वजनिक सूचना प्रकाशन गरेकाे छ।

काठमाण्डाै‌ महानगरकाे नयाँ बजार, लाजिम्पाट, उत्तरढाेका, नागपाेखरी, कमलपाेखरी,नक्साल गैह्रीधारा, हात्तीसार, बालुवाटार, भाटभटेनी, महाराजगञ्ज, चाबहिल, गाैशाखा, बत्तीसपुतली, डिल्लीबजार,ज्ञानेश्वर, नयाँ बानेश्वर, तीनकुने साेल्टीमाेड कालीमाटी, बल्खु, माइतीघर, थापाथली क्षेत्रमा घर वा जग्गा बिक्री गर्न इच्छुक धनीसँग शिलबन्दी बाेलपत्र माग गरेकाे छ । यसैगरी ललितपुरकाे चाकुपाट, कुपण्डाेल, पुलचाेक, जावलाखेल,कुमारीपाटी, सानेपा, बखुण्डाेल, सातदाेबाटाे, बालकुमारी र आसपासकाे १ किलाेमिटर भित्रकाे क्षेत्रमा रहेकाे जग्गा वा घर समेत प्रस्ताव गर्न सकिने सूचनामा उल्लेख छ।

Esewa
Crest

प्रस्तावित जग्गा वा घरसम्म जाेड्ने कम्तीमा ६ मिटर फराकिलाे पहुँच सडक हुनुपर्ने शर्त रहेकाे छ। यसबाहेक उच्च क्षमताकाे विद्युत प्रशारण लाइन, , खाेलानाला, खहरे, मठमन्दीर, मस्जिद, विमानस्थल, सडक लगायत प्रयाेजनका लागी भविष्यमा अधिग्रहण गर्न सकिने संभावना भएकाे क्षेत्रकाे घर वा जग्गा प्रस्ताव नगर्न कम्पनीले अनुराेध गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS