IME Life New

सूर्योदय वोमी लघुवित्तले वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले यही पुस २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको लुभुस्थित लुभु पार्टी प्यासले एन्ड क्याटरिङ सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.९६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९६ प्रतिशत नगद लाभांश छन्।

सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। मर्जरमा जानका लागि नियमनकारी निकायहरुबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS