IME Life New

सूर्योदय लघुवित्तको साधारणसभा आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय लघुवित्तको साधारणसभा आज हुने भएको छ। उक्त सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा हुने भएको छ।सभामा कम्पनीले १५ दशमलव ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गरेको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ ।

कम्पनीमा सर्वसाधारण सेयरधनीको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।

Esewa
Crest

सभा प्रयोजनका लागि चैत १९ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । यसर्थ, चैत १८ गतसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS