IME Life New

सूर्योदय लघुवित्तको नाफा ७० प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ७० दशमलव ५६ प्रतिशतले बढेर २ करोड ७९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले गत बर्ष १ करोड ६३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ५३ दशमलव ३० प्रतिशतले बढेर ७ करोड ४५ लाख २७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ७६.८० प्रतिशतले बढेर ३ करोड ९२ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

Esewa
Crest

संस्थाको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ०८ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी १५ करोड ५९ लाख रुपैयाँ रहेको भने जगेडा कोषमा ९ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS