IME Life New

सूर्या लाईफ इन्स्योरेन्सको बीमाशूल्क २७ प्रतिशतले वढ्यो, प्रतिसेयर आम्दानी भने कमी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार ९९ करोड ५० लाख बराबरको बीमाशूल्क आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ७२ करोड २२ लाख बराबरको बीमाशूल्क आर्जन गरेको थियो । कम्पनीको बीमाशूल्क आर्जन २७ प्रतिशतले बढेको छ ।

सूर्या लाइफको खुद बिमा शुल्क ३९।९४ प्रतिशतले ले बढेर ९५ करोड ३३ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा शुल्क ६८ करोड १२ लाख १६ हजार रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म इन्सुरेन्सले कुल ११ करोड २७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल १ करोड ५१ लाख २२ हजार रुपैयाँ रहेको छ ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म सूर्या लाइफको चुक्ता पुँजी ५६।८ प्रतिशत बढेर १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुगेको छ । यता,इन्स्योेरेन्स कम्पनीको जगेडा कोष भने ३०।३८ प्रतिशतले बढाएर ४३ करोड १४ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जगेडा कोषमा ३३ करोड ८ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

इनस्योरेन्स जीवन बिमा कोष ४५।०४ प्रतिशतले बढेर ४ अर्ब ३० करोड २८ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको बिमा कोषमा २ अर्ब ९६ करोड ६६ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

यता, नाफा भन्दा पुँजी वृद्धिको अनुपात धेरै हुँदा सूर्या लाइफको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ १ पैसाले घटेर १९ रुपैयाँ १२ पैसा भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ७८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS