IME Life New

सूर्या लाईफको १२ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले गत आव २०७४/०७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको संचालक समितिको बैठकले असार ११ गते आह्वान गरेको एघारौं वार्षिक साधारणसभा तथा वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ देखि असार ४ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । जेठ २७ गते सोमबारसम्म कायम रहेको शेयरधनीले मात्र गत आवको लाभांश र कम्पनीको साधारण सभामा सहभागी हुन पाउने छन् ।

Esewa
Crest

कम्पनी सञ्चालक समितिको जेठ १७ गते सम्पन्न २४१ औं बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS