IME Life New

सूर्या लाइफ इन्स्योरेन्सको “सूर्या लाइफ केयर” योजना सार्वजनिक, १८ प्रकारका घातक रोग विरुद्ध ५० लाख दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्सले “सूर्या लाइफ केयर” योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले क्यान्सर, हृदयघात, मृगौला फेल लगायत १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न “सूर्या लाइफ केयर” पुरक करार योजना सार्वजनिक गरेको हो ।

यो ऐच्छिक सुविधाबाट बीमितले क्यान्सर, हृदयघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुल बीमाङ्कको आधारमा एकमुष्ठ ५० लाख रुपैयाँ सम्म भुक्तानी गर्नेछ ।

Esewa
Crest

न्युनतम बीमाशुल्कमा १८ घातक रोगहरुको रक्षावरण, बीमित जीवित छँदै दाबी गर्न सकिने, रक्षावरण गरिएको रोगहरु मध्ये कुनै एकको पहिचान भएमा, दाबी रकम पाउने “सूर्या लाइफ केयर” योजनाका विषेशताहरु रहेका छन् ।

यस्तै योजनाका अन्य विशिेषताहरुमा ५० लाख रुपैयाँ सम्मको एकमुष्ठ रकम भुक्तानी गरिने, १६ वर्ष देखि ६० वर्ष सम्मको बीमितले लिन सकिने र ३५ वर्ष सम्मको बीमा अवधि वा ६५ वर्षसम्म घातक रोगहरुको जोखिम वहन हुने लगाएतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS