IME Life New

सूर्या लाइफ इन्स्योरेन्सको Annual Recognition Program सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई दिने Annual Recognition Program सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले उद्घाटन गरेको उक्त कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित १५० भन्दा बढी अभिकर्ता र कर्मचारीहरु सहभागी थिए ।

Esewa
Crest

चितवनको सौराहामा असोज १ गते देखि २ गते सम्पन्न उक्त कार्यक्रममा गत आर्थिक वर्षमा देशैभरिमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (व्यक्तिगत व्यवसाय) तीन जनालाई एजेन्सी अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा बुटवल शाखाका कमलप्रसाद घिमिरे रहेका थिए । उनलाई सिइओ खड्काले अवार्डसहित सम्मान गरेका हुन् । त्यस्तै सोही विधामा ललितपुर शाखाका पदमबहादुर फागो र बिमला राई फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए ।

त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी प्रिमियम संकलन गर्ने (सामूहिक व्यवसाय) अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । यस विधामा ललितपुर शाखाका उप्रिन्द्र राई विजेता घोषित भएका थिए भने कमलप्रसाद घिमिरे (बुटवल) र भक्त बहादुर राई (जोरपाटी) फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए ।

त्यस्तै देशैभरि रहेका शाखाहरुमा उत्कृष्ट शाखाको रुपमा काठमाडौं शाखा पुरस्कृत भएको थियो भने बुटवल र ललितपुर क्रमशः फस्ट रनर अप र सेकेन्ड रनअप घोषित भएका थिए ।

कम्पनीले देशैभरका सात प्रदेशबाट उत्कृष्ट व्यावसाय गर्ने प्रदेशलाई ‘बेस्ट रिजन अवार्ड’को ‘रनिङ शिल्ड’ यसपटक बागमती प्रदेशले हात पारेको थियो । उक्त अवसरमा विभिन्न १२ विधाका साथै अन्य गरी ४६ जनालाई कम्पनीले ट्रफीसहित सम्मान गरेको थियो ।

उक्त अवसरमा दुई विधाबाट पुरस्कृत भएका बुटवल शाखाका कमलप्रसाद घिमिरेले कम्पनीले आफ्नो कामप्रतिको लगावलाई पहिचान गरी सम्मानित गरेकोमा अझै काम गर्ने प्रेरणा मिलेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मानित गरेकोमा संस्थाप्रति कृतज्ञ छु र ज्यादै गौरवान्वित भएको छु, आउँदा दिनमा अझै काम गर्ने प्रेरणा थपिएको छ ।’

त्यस्तै उपेन्द्र राईले कर्मचारी र अभिकर्ताहरुको सहकार्यबाट नै कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउन सकिने बताए । उनले भने, ‘कर्मचारी र अभिकर्ताहरुको हातेमालोबाट नै अगाडि बढ्न सकिन्छ, जसले गर्दा कम्पनीले लक्ष्य हासिल गर्नका लागि धेरै समय कुर्नु नै पर्दैन ।’ उनले सबै अभिकर्ता, कर्मचारी र व्यवस्थापनको सहकार्यले सूर्यालाइफ निकट भविष्यमै देशको नम्बर एक कम्पनी बन्ने पनि दाबी गरे ।

त्यस्तै अभिकर्ता संघका अध्यक्ष समेत रहेका विजेता रामबहादुर तामाङले यस किसिमको सम्मानले अभिकर्ताहरुमा हौसला बढ्ने बताउँदै कम्पनीले देशैभरका अभिकर्ताहरुलाई सम्मानित गर्नुपर्ने बताए । उनले भने, ‘अभिकर्ताहरुलाई गरिने यस किसिमको सम्मानले अझै बढी काममा लाग्ने इच्छाशक्ति प्रकट हुन्छ ।’

साथै कार्यक्रममा पुरस्कृतहरुलाई सिइओ खड्काले बधाई तथा शुभकामना दिँदै आगामी दिनहरुमा अन्य एजेन्सी म्यानेजर, अभिकर्ता एवं कर्मचारीहरुले अझै उत्कृष्ट काम गर्ने अपेक्षा आफूले लिएको समेत बताए । उक्त अवसरमा खड्काले सहकार्य, साथ र विश्वास नै कम्पनीको मूलमन्त्र भएको बताउँदै आगामी दिनमा अभिकर्ता र कर्मचारीहरुले अझै बढी सकारात्मक उर्जाका साथ विश्वसनीय ढंगले काम गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS